कोरोना भाइरस संक्रमण : भारतमा दोस्रो व्यक्तिको मृत्यु

India Corona
काठमाडौं ।

कोरोना भाइरस (कोेभिड १९) को कारण भारतमा ६९ वर्षीया महिलाको मृत्यु भएको छ । मृतक महिला केही समय अगाडी साउदी अरबबाट भारत फर्कनुभएको थियो । मृतक महिलाको छोरा समेत कोरोनो भाइरसबाट संक्रमित रहेको बताइएको छ । मृतक महिला पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्सनको बिरामी हुनुहुन्थ्यो । कोरोना भाइरसका कारण भारतमा पहिलो मृत्यु कर्नाटकको कलबुर्गी भन्ने स्थानका ७६ वर्षीय वृद्धको भएको थियो । मृतक वृद्घ यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यसैबीच कोरोना भारतमा संक्रमितको संख्या ८२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमितहरुमध्ये ६५ जना भारतीय र १७ जना विदेशी छन् । संक्रमित दुई जना व्यक्ति भने उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित