कोरोना रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन सङ्कटकाल घोषणा

Donald trump
काठमाडौँ ।

कोरोना भाइरस(कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन सङ्कटकाल घोषणा गरेको छ। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा टेलिभिजन सम्बोधनमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना सङ्क्रमण रोकथामका लागि सङ्कटकाल घोषणा गरिएको जानकारी दिनुभएको हो।

‘अब हाम्रा लागि निकै महत्त्वपूर्ण छ। कारोना भाइरस फैलिनबाट रोक्नका लागि हामी पुरै कोसिस गर्ने छौँ’ पत्रकार सम्मेलनमा ट्रम्पले भन्नुभयो ‘यो अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्नेछौँ।’ ट्रम्पले आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्व डलरको राहत प्याकेज समेत घोषणा गर्नुभएको छ । ‘यो आर्थिक सङ्कट नभइ, यो सङ्कट क्षणिक भएको र यसलाई सबै मिलेर परास्त गर्न सकिने राष्ट्रपति ट्रम्पको भनाई थियो ।

त्यस्तै अमेरिकाले सङ्क्रमण रोक्ने प्रयास स्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाएका छ।

प्रतिक्रिया

सम्बन्धित