कालोबजारी गरेको पाइए व्यापारीलाई थुन्छु: प्रजिअ पाण्डे

Humkala Pandey
भक्तपुर ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना भाइरसको बहानामा कालोबजारी गरेको पाइए व्यापारीलाई थुन्ने चेतावनी दिनुभएको छ । केही दिनअघि मात्रै भक्तपुरको सूर्य विनायकमा ग्यासको मूल्य महँगो लिएर बिक्री गर्ने एक व्यापारीलाई थुनेर कारबाही गरेको बताउँदै कुनै पनि बहानामा कालो बजारी गर्ने लाई नछाड्ने बताउनु भयो।


भक्तपुर उद्योग वाणिज्य सङ्घले व्यापारीहरूसँग गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पाण्डेले भन्नु भयो , ‘कोरोनाको बहाना बनाएर सामान लुकाउने र बढी मूल्य लिने जो कोहीलाई हामी छाड्दैनौँ, त्यस्तो भेट्ने बित्तिकै थुनेर कारबाही गर्छौँ, जहाँसुकैबाट दबाब आए पनि छाड्दैनौँ।’ अहिले कोरोनाका कारण बजारमा देखिएको अभाव, कालोबजारी नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै उहाँले कालोबजारी गरेको र सामान लुकाएको कतै थाहा पाइए खबर सर्बसाधारणलाई आग्रह समेत गर्नु भयो ।

त्यस्तै सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठले व्यापारीले सङ्कटको बेलामा आफ्नो नैतिकतालाई ध्यानमा राख्नुपर्नेमा जोड दिँदै बजार सन्तुलित पार्न सहयोग गर्नुपर्ने धारण राख्नुभएको थियो ।

अन्तरक्रियामा सहभागी व्यापारीले भने बजारमा सामान अभाव हुने हल्लाले उपभोक्ताले चाहिनेभन्दा बढी सामान लैजाँदा अभाव भएको बताएका थिय। कोरोनाकै कारण चीन र भारतबाट आउनुपर्ने सामानहरू नआएर रोकिएको र उपभोक्ताले आवश्यकताभन्दा बढी सामान लगेर राख्दा बजारमा सामान अभाव भएको स्थानिय व्यापारीहरुको भनाई थियो।

प्रतिक्रिया

सम्बन्धित