प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई नियुक्त, बाढीपीडित परिवारलाई २५ हजार नगद र १५ लाख ऋण

काठमाडौं : सरकारले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहरकारमा दिनेश भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रीपरिषद् बैठकले भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले सप्तरीका बाढी पीडित परिवारलाई जनही २५ हजार रुपैया दिने निर्णय गरेको छ। १५ हजार टहरा निर्माण र १० हजार जस्तापता खरिद गर्न राहतस्वरुप २५ हजार दिने मन्त्रपरिषद्ले निर्णय गरेको हो। दुई दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई सम्बोधन गर्दै २५ हजार राहत दिने घोषणा गरेका थिए। सरकारले बाढी पीडित परिवारलाई घर निर्माणका लागि १५ लाख रुपैयाँसम्म सहुलियत ऋण दिने निर्णय पनि गरेको छ। त्यस्तै सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक व्यवस्थापिका संसदमा पेस गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित