कोरोना नियन्त्रणमा सार्क राष्ट्र/सरकार प्रमुखबीचको कन्फरेन्स आज, प्रधानमन्त्री ओली पनि सरिक हुने

Oli

काठमाडाैं । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरूद्ध दक्षिण एसियाली मुलुकका नेताहरूले साझा रणनीति बनाउने भएका छन् ।

आइतबार साँझ नेपाली समयअनुसार ५:१५ बजे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) का राष्ट्र/सरकार प्रमुखबीच भिडिओ कन्फरेन्स हुने भएको छ ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा हुन लागेको उक्त छलफलमा उपचारपछि स्वास्थ्यलाभको कामना गरिरहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारबाट हुने उक्त भिडिओ कन्फरेन्समा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसले पारेको प्रभावका साथै भावी दिनमा कोरोनाविरूद्ध सार्क क्षेत्रले निभाउनु पर्ने भूमिकाका बारेमा कुरा गर्ने परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित