नेप्सेको कारोबार समयमा १ घन्टा थप (सूचनासहित)

NEP_1

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सेयर कारोबार हुने समायावधी १ घन्टा थप गरेको छ । हालसम्म दैनिक ४ घन्टा मात्र कारोबार हुने नेप्सेमा अबदेखि दैनिक रुपमा ५ घण्टा हुने नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदले जानकारी दिए ।

साउदले आइतबारदेखि बिहीबारस्म्म ११ बजेदेखि ४ बजेसम्म सेयर कारोबार खुला हुने जनाएका छन् । यस अघि ११ बजेदेखि ३ बजेसम्ममात्रै सेयर कारोबार हुने गरेको थियो । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार समयावधी गर्ने विषयमा अध्ययन गर्न केहि दिन अघि नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डको निर्देशन अनुसार शुक्रबार बसेको नेप्से सञ्चालक समिति बैठकले कारोबार समयावधी थप गरेको हो ।

NEPSE

प्रतिक्रिया

सम्बन्धित