कोरोनाबारे कार्ययोजना बनाउन सबै मुख्यमन्त्रीसहितको बैठक सिंहदरबारमा बस्दै

Chief Ministerकाठमाडौं । सरकारले कोरोना भाइरसको नियन्त्रण एवं नीति कार्ययोजना बनाउनका लागि विशेष निर्णय गर्ने भएको छ । त्यसका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको छ । आइतबार दिउँसो १ बजे सिंहदरबारमा मुख्यमन्त्रीहरुसहितको बैठक बस्ने जनाइएको छ ।

कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भएकोले सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको हो।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सात वटै प्रदेशका मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको हो।

प्रतिक्रिया

सम्बन्धित