सातै प्रदेशका मन्त्रीहरु सचिवसहित राजधानीमा

Tourism_1

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी वर्षको बजेटका सम्बन्धमा छलफल सुरु गरेको छ । मन्त्रालयले देशभरका सातै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरुसहितको छलफल सुरु गरेको बताएको छ ।

आर्थिक बर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम एवं साझेदारी विकास सम्बन्धमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सवै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री, सचिव र महानगरपालिका प्रमुखहरु सहितको छलफल तथा अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित