के नेपालका राष्ट्रपतिले १६ करोडको कार चढ्न सुहाउँछ ?

जीवन कुँवर/काठमाडौं । भूकम्प पीडितले हिउँद र बर्षा टहरामै विताएको पनि तीन बर्ष बितिसक्यो । सरकारले पुनःनिर्माणको लागि दिने भनेको राहत रकम कतिपयले पहिलो किस्ता नै पाएका छैनन् त कसैले पहिलो किस्ता पाएर पनि दोस्रो किस्तामा अड्किएका छन् । पहिलो किस्ता लिएर घर बनाउन थालेका भुकम्प पीडितहरुले दोस्रो किस्ता नपाएर बिचमै घर बनाउन रोकिनुको पीडा त छँदै छ ।

त्यसोत सिन्धुपाल्चोकका जुरे पहिरो पीडित हुन या भुकम्पबाट अति प्रभावित १४ जिल्ला या त तराईका बाढी पीडित नै किन नहुन उनीहरु राहतकै पर्खाइमा छन् ।

एक साता अघि अर्थात असार १७ गते सप्तरीको विभिन्न ठाउँमा बाढीकोे वितण्डाले घरबार विहिन भएका सयौं पीडित विचल्लीमा छन् । बाढीले सयौं घर बगायो त सयौं मानिसको उठिबास नै लगायो । सप्तरीको पिलाठीस्थित वेलही भन्सारमा खटिएका इलाम घर भएका सशस्त्र प्रहरी हबलदार सुमन आचार्यको मृत्यु नै भयो । बाढीले राजविराज नगरपालिकाको दुईवटा वडासहित एक दर्जन गाउँ नै डुबायो ।

सप्तरीका यी बाढी पीडितको अबस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री जनार्दन शर्माको टोलि पनि सप्तरी नपुगेको होईनन् । त्यसो प्रधानमन्त्री र गृहमन्त्रीले राहतको घोषणा नगरेका पनि होईनन् ।

सप्तरीका बाढी पीडितलाई प्रधानमन्त्री देउवाले टहरा निर्माणका लागि २५ हजार अनुदान र व्यवसाय सञ्चालनका लागि सहुलियत दरमा १५ लाख रुपैयाँसम्म ऋण दिने घोषणा पनि गरे । तर, प्रधानमन्त्रीले घोषणा गरेको पैसा बाढी पीडितले कहिले पाउँछन् त्यो पत्तो छैन । पीडितलाई के थाहा छ भने–अहिले परिवारको मुन्टो लुकाउने ओत छैन ।त्यसो त सरकारले पीडितहरुलाई यति र उति सहयोग गर्छौ भनेर बोलेको थुप्रै उदाहरण छन्, त्यो मध्ये भूकम्प पीडितले पाउने अनुदान पनि एक छर्लङगै देखिने उदाहरण हो ।माथि भुकम्प र बाढीको बेलिविस्तार लगाउनुको कारण राष्ट्रिपति विद्यादेवी भण्डारीलाई गाडी खरिदका लागि १६ करोड माग गरिएकोबारे हो । केहि समयअघि राष्ट्रपति कार्यालयले अर्थमन्त्रालयबाट राष्ट्रिपति भण्डारीलाई गाडी खरिदको लागि ४ करोड रुपैयाँ लग्यो । त्यसलगत्तै गाडी खरिदको लागि रकम अपुग भयो भन्दै थप १२ करोड रुपैयाँ माग गरियो । राष्ट्रिपति कार्यालयले नेपाली सेनामार्फत १६ करोड रुपैयाँको गाडी खरिद गर्दैछ । योबाट पनि प्रष्टै हुन्छकी देशका ठूला निकायका व्यक्तिहरु जनतालाई पीडाको आहालमा सुताएर विलासी जीवन विताउने तरखरमा छन् ।भूकम्प र बाढीले थिलथिलो बनाएको जग्गामा एकसरो त्रिपालको भरमा पूर्वी सिन्धुपाल्चोकदेखि मध्ये तराईसम्मका जनता कहरमा बाँचिरहेका छन् । तर हाम्रा देशकी राष्ट्रपति १६ करोड रुपैयाँ बराबरको विलासी गाडीमा घुमफिर गर्ने सपनाका लागी सरकारलाई जवर्जस्ति गरिरहेकी छिन्। मानौं १६ करोडको गाडी चढेर भुकम्प र बाढी पीडितको घर–आँगनमा डुल्न आउँदैछिन् ।एकातिर भूकम्प पीडितले राहत नपाइरहँदा अर्कोतिर तराई बाढीले डुबाईरहँदा पक्कैपनि केहि राहतको पर्खाइमा रहेका जनतालाई आहाल र पालमा सुताएर राष्ट्रपति भण्डारीले १६ करोडको गाडी किन्न पैसा माग्न सुहाउँछ रु यदि राष्ट्रपतिलाई जनताका माया छ भने तराईमा विपद् परिरहँदा करोडौंको गाडी चढ्न किन खोज्छिन् ?छिमेकि देश चीनका राष्ट्रपति सी जिनपिङ आफ्नै मुलुकमा बनेको ८ करोड २५ लाख पर्ने ‘होङ्गी रेड फ्लाग’ कार चढ्छन् । तर चीन जस्तो विकसित मुलुकसँग नेपाल दाज्नु मिल्दैन । यो अर्थमा दाज्न मिल्दैन कि चीन विकासको हिसावले निकै अगाडी रहेको मुलुक हो । चीनको जस्तो विकास नेपाल एक तिहाई पनि हुन सकेको छैन । त्यसो त रुसी राष्ट्रपति भ्यादिमिर पुटिन ‘मर्सिडिज एस सी लिमोसिन’ २ करोड ५९ लाख रुपैयाँ पर्ने कार चढ्छन् । रुस पनि विकसित मुलुक हो । तर माथि उल्लेखित दुई देशसँग नेपालको अर्थ अवस्था दाज्न मिल्दैन ।बाढी पहिरो र भुकम्पले हजारौं जनताहरु विस्तापित भइँरहँदा विकसित देशका राष्ट्रपति भन्दा विकासको हिसाबले निकै पछाडि परेको नेपालको राष्ट्रपति भण्डारीले १६ करोड रुपैयाँको कार चढ्न सुहाउँछ ?

प्रतिक्रिया

सम्बन्धित