कर्णाली प्रदेशमा एक दशकपछि चैतमा हिमपात, जनजीवन प्रभावित

जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्लामा धेरै वर्षपछि चैत महिनामा हिमपात भएको छ।हुम्ला, डोल्पा, जुम्ला, मुगु र कालीकोटमा शुक्रवारदेखि निरन्तर हिउँ परेकाले बालबालिका, वृद्धवृद्धा र ज्याला मजदुरी गर्ने मानिसहरू प्रभावित भएका छन्।

_111264572_jumla-1

हिमपातकै कारण सोमवारबाट सुरु सुरु हुन लागेको दादुरा–रुबेला खोप अभियान प्रभावित भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

टाढाटाढाबाट बालबालिका लिएर खोप लगाउन आउने महिलाहरूलाई समस्या भएको तिला गाउँपालिकास्थित राँसा स्वास्थ्य चौकीमा कार्यरत अनमी कमला गिरीले बताइन्।प्रत्येक वडा कार्यालयमा खोपकेन्द्र राखिएको छ। तर हिउँ धेरै जमेपछि घरबाहिर निस्किन पनि कठिन भएपछि मानिसहरू खोपकेन्द्र आउन सकेका छैनन्।

शुक्रवारदेखि लगातार हिमपात भइरहेकाले यही चैत ६ गतेबाट सुरु हुने एसईई परीक्षा दिन जाने विद्यार्थीलाई पनि प्रभावित भएका विद्यार्थी मनीषा शाहीले बताइन्।

_111264576_jumla-2

कर्णाली क्षेत्रमा झन्डै ११ वर्षपछि चैत महिनामा हिमपात भएको हो।हिमपातले चिसो बढेपछि ठाउँठाउँमा मानिसहरू आगो बालेर ताप्न थालेका छन्। बजार क्षेत्रमा चहलपहल कम छ।

चिसोका कारणले जेष्ठ नागरिकलाई समस्या भएको जुम्लाको चन्दननाथ नगरपालिका–५ की लक्ष्मी धामीले बताइन्। विमानस्थल बन्द भएका छन् भने चिसो र हिउँका कारण सडकमा गाडी चलेका छैनन्।

_111264574_jumla-3

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमवार पनि देशका पश्चिमी भूभागमा सामान्य बदली रही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।राति मध्यपहाडी क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ।

– कृष्णमाया उपाध्याय/बीबीसी न्यूज नेपाली

प्रतिक्रिया

सम्बन्धित