एनआईसी एशिया र होटल अकामाबीच सम्झौता

NIC___1

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र धुम्बाराहीस्थित अकामा होटलबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार एनआईसी एशिया बैंकका कर्मचारी एवं ग्राहकलाई होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र होटलका तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

उक्त समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउन सकिने जनाइएको छ । साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । समझदारीका सर्तहरू एक वर्षको लागि लागू हुनेछन् ।

यसैगरी ग्राहक महानुभावहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित