अध्यक्षको निधनले पार्टीलाई गहिरो चोट पुगेको छः उपाध्यक्ष मगर

काठमाडाैं । जनता दल युनाइटेडले पार्टी अध्यक्ष तथा पूर्वसभासद् प्रा. डा. विश्वनाथप्रसाद अग्रवालको निधनप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष अग्रवालको निधनप्रति दुःख व्यक्त गर्दै आयोजित एक शोकसभामा मगरले अध्यक्षको निधनले पार्टीलाई अपूरणीय क्षति पुग्दै गहिरो चोट पुगेको बताए ।

उक्त अवसरमा उपाध्यक्ष मगरले अध्यक्ष अग्रवालको निधनमा पार्टीको झन्डा तीन दिनसम्म आधा झुकाइएको र तेस्रो दिनमा शोकसभा आयोजना गरिएको बताए ।

पार्टीका उपाध्यक्ष किरण मगरले आइतबार विज्ञप्ति जारी गरी अध्यक्ष अग्रवालको निधनले आफ्नो पार्टी स्तब्ध भएको उल्लेख गरेका छन् । उनले अग्रवालको असमायिक निधनप्रति गहिरो शोक पनि प्रकट गरेका छन् ।

‘शोकमा परेको अग्रवाल परिवारलाई दुःखद घडीमा ईश्वरले धैर्यधारण गर्ने शक्ति दिउन् भनी हार्दिक समवेदना प्रकट गर्दछौं । उनको निधनले पार्टीमा अतुलनीय क्षति पुगेको छ,’ मगरद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पूर्वसभासद् अग्रवालको शुक्रबार राति सानेपास्थित निवासमा निधन भएको थियो ।

Janata Dal

प्रतिक्रिया

सम्बन्धित