रोकिएको इक्यान शैक्षिक मेला अब साउन ५ देखि ८ गते सम्म

काठमाडौं । शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । इक्यानले आज पत्रकार सम्मेलन गरी साउन ५ गतेदेखि ८ गतेसम्म एघारौं शैक्षिक मेलाको रुपमा इक्यान शैक्षिक मेला-२०१७  आयोजना हुन लागेको इक्यानले जनाएको छ ।

 स्वदेशी तथा विदेशी कलेजहरुको बारेमा  सूचना प्रवाह गर्नुका साथै छात्रवृत्ति सुबिधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको पहुँचको लागि परामर्श सेवा दिनको लागि मेला आयोजना गरिएको इक्यानका कार्यवाहक अध्यक्ष बिष्णुहरि पाण्डेले पत्रकार सम्मेलनमा उल्लेख गरेका छन् ।

 शैक्षिक मेलामा २ सय ३३ वटा स्टल र  १७ वटा पेभिलियन रहने पाण्डेले जानकारी दिए । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वेदशी तथा विदेशी शैक्षिक संस्थाहरु विभिन्न देशमा रहेका कलेजहरुका आधिकारिक प्रतिनिधिको समेत उपस्थित रहने इक्यानले जनाएको छ । यसअघि असारको पहिलो साता हुने भनिएको शैक्षिक मेला इभेन्ट कम्पनी र इक्यानबीचको आन्तरिक लफडाले गर्दा रोकिएको थियो । अब भने इक्यान आँफैले व्यवस्थान हेर्ने गरी शैक्षिक मेला गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित