स्याङ्बोचेमा नेपाल टेलिकमको फोरजी सेवा

Syangboche

काठमाडौं । नेपाल टेलिकमले स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा सुरु गरेको छ । समन्द्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात गरेको जनाएको छ ।

यस स्थानमा नेपालकै सबैभन्दा अग्लो स्थानमा अवस्थित स्याङ्बोचे विमानस्थल समेत रहेको छ । पर्यटकीय मौसममा स्याङ्बोचे हुँदै खम्जुङ तथा चर्चितगोक्यो ताल जानेपदयात्रीहरुको आवतजावत बाक्लो हुने गर्दछ । स्याङ्बोचेमा स्थापित मोबाइल बीटीएसबाट त्यहाँ पुग्ने विदेशी तथा स्वदेशी यात्रुहरुले पनि उच्च गतिको डाटा र गुणस्तरीय भ्वाइस सुविधा सहितको फोरजी मोबाइल सेवा उपभोग गर्न सक्नेछन् । सगरमाथा आरोहणका लागि वेस क्याम्प जाने मार्ग समेत स्याङ्बोचे हुँदै अघि बढ्ने भएकाले आरोहीहरुले यो सेवाको प्रयोग गर्न सक्नेछन् ।

नाम्चे, स्याङ्बोचे, खुम्जुङ, गोक्यो ताल लगायतका स्थानहरु भ्रमणका लागि चर्चित छन् । यस स्थानमा सगरमाथा आरोहण गर्न आउने पर्यटकको आवतजावत अत्यधिक हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित