नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म गर्ने निर्णय

School_1

काठमाडौं । सरकारले देशभर नयाँ शैक्षिक सत्रदेखि लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने/गराउने निर्णय गरिसकेको छ । साथै शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक जना सचिव महेशप्रसाद दाहालले भने, ‘यो निर्णय देशभर र सबै विद्यालयहरुमा लागु गर्ने कुरा छ ।’यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो ।

प्रतिक्रिया

सम्बन्धित