पेट्रोलियम पदार्थको मूल्य समायोजन, डिजेल पेट्रोलमा २ रूपैयाँ घट्यो (विज्ञप्तिसहित)

NOC_1

काठमाडौं । नेपाल आयल निगमको सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । समितिको बैठकले सोमबार मध्य राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो ।

निगमले डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घट्दा एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने पुरानै कायम गरेको छ ।नयाँ मूल्यअनुसार उपभोक्ताले डिजेल र मट्टितेलमा प्रतिलिटर ९५ रुपैयाँ, पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर मूल्य तिर्नुपर्छ ।

Pretrol

 

प्रतिक्रिया

सम्बन्धित