कोरोना उपचारमा संलग्न डाक्टर र नर्सलाई तलबको ७५ प्रतिशत थप भत्ता दिने सरकारको निर्णय

Korona

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई तलबको ७५ प्रतिशत थप भत्ता दिने निर्णय गरेको छ । सोमबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता र अप्रत्यक्ष रुपमा संलग्न अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने निर्णय गरेको समितिका एक सदस्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित