कोरोनाविरुद्ध मलेशिया कठोर, विदेशीलाई प्रवेश र आफ्ना नागरिकलाई विदेश जानमा प्रतिबन्ध

mmmmm

काठमाडौं । विश्वभर प्रभाव पार्दै आइरहेको कोरोना भाइरसका कारण नेपाली कामदारहरुको प्रमुख गन्तव्यस्थल बनेको मलेसियाले पनि विदेशी नागरिक प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै मलेसियाले बुधबारबाट लागू हुने गरी दुई साताका लागि सबै विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाएको निर्णय गरेको हो ।malaysia pm

मलेशियाको यो निर्णयसँगै नेपाली कामदारहरुको गन्तव्यस्थल मलेशियामा पनि रोक लागेको हो । यसअघि नेपाली कामदारहरु जाने प्रमुख देशहरु कतार, साउदी, कुवेत लगायतका देशले विदेशी नागरिकको प्रवेश एवं हवाई तथा यातायात सेवाहरु बन्द गरेको घोषणा गरेका थिए ।

मलेसियाका प्रधानमन्त्री मुहिदिन यासिनले मार्च ३१ सम्म सबै देशका नागरिकलाई मलेसिया प्रवेश र आप्mना नागरिकहरुलाई देशबाहिर जान रोक लगाएको बताए। सोमबारसम्म मलेसियामा कोरोना संक्रमित संख्या ५५३ पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित