स्यानिटाइजर छर्किसकेपछि मात्र साझा बसहरु आ–आफ्नो रुटमा निस्कने

Sajha Yatayat

काठमाडौं । 

विश्वका १६२ देशमा आतंक मच्चाईरहेको कोरोना भाइरस (कोभिन १९)ले नेपालमा पार्न सक्ने सम्भाबित जोखिम न्युनिकरणका लागि साझा यातायातले बसभित्र स्यानिटाइजर छर्किसकेपछि मात्र बस सेवा सुरु गर्न थालेको छ । यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै स्यानिटाइजर छर्किसकेपछि मात्र बसहरु आ–आफ्नो रुटमा निस्कने गरेको साझा यातायातले जनाएको छ ।

साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेका अनुसार यही चैत एक गतेदेखि हरेक दिन सबै बसहरु सफा गरेर किटाणु नाशक स्प्रे गर्ने गरिएको छ । बसभित्र सिट, ह्याण्डलजस्ता बढी छोइने वस्तुहरुमा पनि स्यानिटाजरले पटक–पटक सफा गर्ने गरेको उनले बताए ।

भाइरसको संक्रमणबाट जोगिन व्यक्तिगत दूरी राख्नु पर्ने भएकाले साझा बसका चालक र परिचालकहरुले सकेसम्म बसमा खचाखच यात्रुहरु नभर्ने समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित