नेपाल वायुसेवाद्वारा क्वालालम्पुरको नियमित उडान स्थगित

RA_1काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरमा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएकोले क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको जनाएको छ ।

२०२० मार्च १७ तारिख र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने छ । २०२० मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको मंगलबार जारी एक विज्ञप्तिमा जनाएकाे छ ।

RA

प्रतिक्रिया

सम्बन्धित