विदेश पठाइदिने बहानामा ठगी गर्ने पक्राउ

Police arrest
काठमाडौं ।
वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबमा दुबई पठाइदिन्छु भनि रु १० लाख बढी ठगी गरेको उजुरी प्रहरीमा परेपछि बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका–४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगरलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ । रोजगारीको प्रलोभनमा पारी नौ जनाबाट रु १० लाख ५३ हजार पैसा लिई उनी फरार भएका उनलाई महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो ।

पिडितको जाहेरीका आधारमा खोजी गर्दैगर्दा काठमाडौँको गँगबुबाट उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । उनलाई आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित