वडाध्यक्षले लेटरप्याडमै लेखे बन्दको विज्ञप्ती, प्रहरीलाई कारवाहीको माग

bagmati-3-bhateedanda-scaled
ललितपुर ।

दक्षिण ललितपुरस्थित वागमती गाँउपालिका ३ भट्टडाँडाका वडाध्यक्षले बन्दको आह्वान गरेका छन् । वडाध्यक्ष विष्णु तिमल्सिनाले वडा कार्यालयको लेटरप्याडमै बन्दको विज्ञप्ती प्रकाशन गर्दै चैत्र ६ गते विहीबार भट्टेडाँडाको तिनपानेदेखि तामाखानीसम्म बन्दको घोषणा गरेका हुन् । मंगलबार भएको घटनालाई लिएर वडाध्यक्ष विष्णु तिमल्सिनाले विज्ञप्तीमार्फत प्रहरीलाई कारवाहीको माग समेत गरेका छन् ।

वडाध्यक्ष तिमल्सिनाद्वारा जारी विज्ञप्तीमा लेखिएको छ– ‘महानगरिय प्रहरी बृत्त चापागाँउबाट खट्टिएर आउनु भएका इन्स्पेक्टर राजन लम्सालको नेतृत्वमा आएको प्रहरीद्धारा सिडियोको आदेश छ पक्राउ गरि ल्याउनु भन्दै गोविन्द दाहाल,नवराज खड्का र विष्णु तिमल्सिनालाई गोली समेत ताकेर हान भन्ने आदेश गरी लछार पछार, ज्यादतीपूर्ण व्यावहार गरेको हुँदा उक्त कार्यप्रति घोर भत्सना प्रकट गर्दै सम्बिन्धित निकायबाट छानविन गरी उक्त प्रहरी अधिकृतलाई हदसम्मको कारवाही नबढाएमा यस भट्टेडाँडा वडा कार्यालय र स्थानीय बासिन्दाद्वारा मिती २०७६/१२/६ गतेदेखि दुध तथा तरकारी गाडी, एम्बुलेन्स र अत्यावश्यक सवारी साधनहरु बाहेक अन्य सवारी साधन पूर्ण रुपमा भट्टेडाँडा ३ मा पर्ने तिनपानेदेखि तामाखानीसम्मको कान्तिलोकपथ खण्ड अनिश्चितकालीन बन्द हुने कुरा यसै विज्ञप्तीमार्फत सर्वसाधारणमा जारी गरिन्छ ।’

विज्ञप्तीको अनुसार स्थानीय बासिन्दाहरुबीच सामान्य विवाद भएपछि भट्टेडाडा प्रहरी चौकीमा उपस्थित हुँदा यो घटना भएको थियो । वडाध्यक्ष तिमल्सिनाले बन्दको आह्वान गरेर जारी गरेको विज्ञप्ती सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्जालका विज्ञप्ती शेयर गर्दै धेरैले सरकारी निशाना छाप र लेटरप्याड दुरुपयोग भएको टिकाटिप्पणी छरपस्ट भएको छ ।

वडाध्यक्ष विष्णु तिमल्सिनाले वडाध्यक्षले लेटरप्याड नै प्रयोग गरेर विज्ञप्ती प्रकाशन गर्ने चलन रहेको बताए । ‘सासदले पनि यसरी नै लटेर प्याड प्रयोग गर्नुहुन्छ । हामीले पनि प्रयोग गर्ने गरेका छौ -उनले भने ।

प्रतिक्रिया

सम्बन्धित