वीरगञ्जबाट डेढकिलो चरेशको धुलोसहित एक पक्राउ

parsa

बीरगंज । वीरगञ्जबाट अवैध गाँजा र चरेसको धुलोसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पर्साको रंगपुरटांड प्रहरी चौकीबाट खटिएको एक टोलीले विषेश सुचनाको आधारमा जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नं.२ बैधनाथपुरबाट सोही गाउँपालिकाको वडा नं. ४ देउरवाना बस्ने ५० वर्षीय नुर आलम मियाँलाई पक्राउ गरेको हो ।

उनले साईकलमा राखि ल्याउदै गरेको अवस्थामा अवैध लागु औषध गाँजा १ किलो ५०० ग्राम , चरेश १ किलो र चरेशको धुलो १ किलो ५००ग्राम फेला परेकोले सो लागु औषध र साईकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्सा ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित