साना एवं गोरेटाबाटाहरुको पनि जगेर्ना गर्नुपर्छः बस्नेत

mahesh

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थित तल्लोखत्री गाउँदेखि ट्रष्ट पुलसम्म जाने बाटोमा सिढिं निर्माण गरिने भएको छ । उक्त सिढिंको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बुधबार आयोजित एक कार्यक्रमबीच शिलान्यास गरेका छन् । शिलान्यासका क्रममा बस्नेतले भक्तपुर नगरीका साना एवं गोरेटा बाटाहरुको पनि संरक्षण गरिनुपर्ने बताए ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद कोष) को २५ लाख रुपैयाँको लागतमा बन्न लागेको उक्त सिंढी निर्माणपछि भक्तपुर जिल्लाका साना साना बाटो, गोरेटोहरुको संरक्षण हुने सांसद् बस्नेतले बताए ।

‘विकाससँगै हाम्रा साना बाटा, गोरेटाहरु हराउने भए, त्यसैले यसको संरक्षणसँगै पुनर्निर्माण पनि गर्नुपर्छ’, आफूले सांस्कृतिक नगरी भक्तपुरको जगेर्नाका लागि यस्ता विषयमा पनि ध्यान दिने बताउँदै बस्नेतले आप्mना योजनाका लागि सबैलाई साथ दिन आग्रह समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित