धितोपत्र बजारमा एक सातामै दुई अर्बको सेयर कारोबार
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२९ अङ्कले बढेर अन्तिम दिन एक हजार ५८२.११ अङ्कमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.१७ अङ्कले बढेर ३३६.१ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु २१ करोड १५ लाख २० हजारको कारोबार भएको स्टकले जनाएको छ । कारोबार भएको सेयर सङ्ख्याको आधारमा एनआइबिएल समृद्धि फन्ड एक अग्रस्थानमा रहेको छ । सो फन्डको ११ लाख २० हजार कित्ता सेयर कारोबार भएको थियो । रासस ––––––––
प्रतिक्रिया