राष्ट्र बैंक कार्यबहाक गभर्नरमा शिवाकोटी

chintamanifeac

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई दिइएको छ। सरकारले तत्काल केही समयको लागि शिवाकोटीलाइ कार्यबाहक गर्भनरको जिम्मेवारी दिइएको हो।

मन्त्रीस्तरीय निर्णयबाट अर्को व्यवस्था नभएसम्मका लागि शिवाकोटीलाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको हो। यसअघिका गभर्नर चिरञ्जीवी नेपालको पाँचवर्षे कार्यकाल समाप्त भएपछि अर्थ मन्त्रालयले बुधबारदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी दिएको जनाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित