निगमको नारिता र दुवई उडान चैत ३० सम्म स्थगित

NA

काठमाडाैं । नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान भोलि शुक्रबार मध्यरातदेखि लागू हुने गरी स्थगित गरेको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार ती दुई गन्तव्यको नियमित उडान अर्को निर्णय चैत ३० गतेसम्मका लागि स्थगित गरिएको हाे।

चैत्र ७ गते र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमले जनाएको छ।

यसका अतिरिक्त नियमित उडान चालुरहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिनअघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पूरै रकम उपलब्ध गराइनेछ।

यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत जानकारी गराइन्छ। निगमले यसअघि पनि अन्य गन्तव्यमा उडान स्थगित गरिसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित