नेपाल लाइफ इन्स्योरेन्स प्रवक्तामा प्रसाईँ

nEPAL LIFE

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको प्रवक्तामा उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई नियुक्त गरेको छ । संचालक समितिको बैठकले उपप्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ‘उपप्रमुख कार्यकारी अधिकृत प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन गर्नुहुनेछ’, कम्पनीले भनेको छ ।

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ८६ अर्ब २६ करोड रुपैयाँ रहेको छ । 

त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७७ अर्ब ५९ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५९ करोडभन्दा बढी रहेको छ । 

कम्पनीले यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा जम्मा रू. १७ अर्ब ९५ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ५२ हजार ४ सय १२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २७ लाख २९ हजार ५ सय ११ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित