आपराधिक क्रियाकलापलाई राजनीतिक रुप नदिन वडा कमिटीको अनुरोध

nekapaभक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ७ को नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेको छ, साथै सम्बन्धित पक्षलाई आपराधिक क्रियाकलापलाई राजनीतिक रुप नदिन पनि एक विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

हालै एक अनलाइन समाचारले भक्तपुरका संघीय सांसद महेश बस्नेतको नाम जोडी असत्य एवं भ्रामक समाचार सम्प्रेषण गरेकोले उक्त समाचारप्रति वडा कमिटिले भ्रत्र्सना गर्दै उक्त समाचारको खण्डन गरेको छ ।

वडा कमिटि सचिव नन्दकुमार नगरकोटीद्वारा जारी विज्ञप्तिमा भक्तपुरको गुण्डु क्षेत्रमा पछिल्ला केहीदिनमा भइरहेका सवारीका सिसा फोड्ने काममा नेकपाका कार्यकर्ता संलग्न भएको भनि समाचार प्रवाह गरेकोले त्यस किसिमको असत्य समाचारको पछी नलाग्न सबैलाई अनुरोध गरिएको छ । विज्ञप्तिमा उक्त तोडफोड एवं आपराधिक घटनालाई सांसद् बस्नेतको नाम जोडी अनर्गल प्रचार गर्न सम्बन्धित पक्षलाई अनुरोधसमेत गरिएको छ ।

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘जगदीश बस्नेतको बाटोमा रोकेर राखिएको कार तोडफोड भएको र त्यसपछिको उत्पन्न परिस्थितिको पार्टीले गम्भीर रुपमा ध्यानकर्षण भएको छ, त्यसै समयमा खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासीछ्वा र राष्ट्रिय युवा संघका बिकी श्रेष्ठको कार समेत तोडफोड भएको घटनाप्रति छानबिन गरी दोषीमाथि कारबाही गर्न पार्टीले जोडदार माग गर्दछ ।’

विज्ञप्तिमा उक्त तोडफोडको घटनामा सामेल जो सुकै भएपछि प्रहरीलाई सत्यतथ्य पत्ता लगाउन र कारबाही गर्नका लागि माग गरिएको छ । साथै सम्बन्धित पक्षलाई आपराधिक क्रियाकलापलाई राजनीतिक रुप नदिन पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

Press_Suryabinayak

 

प्रतिक्रिया

सम्बन्धित