को बन्ला राष्ट्रपति र सभामुख ?

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदको भागबण्डाको गृहकार्य समेत एमाले–माओवादी केन्द्रले सुरु गरिसकेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भागबण्डाको गृहकार्य गर्न दोस्रो तहका नेताहरूलाई जिम्मेवारी दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै दोहोरिने सम्भावना छ ।

ओली र प्रचण्डबीच भण्डारी र पुनलाई नै यथावत राख्ने विषयमा एकचरण कुराकानी भइसकेको छ । तर, सो विषयमा सहमति भने भएको छैन । सभामुख र उपसभामुखमा पनि कुराकानी सुरु भएको छ । सभामुखमा दुईजनाले दाबी गरेका छन् । ओनसरी घर्ती र सुवासचन्द्र नेम्वाङले । नेम्वाङले राष्ट्रपति पद पनि ताकेका छन् । तर, नेम्वाङले राष्ट्रपति पाउने कुनै पनि सम्भावना नरहेको एमाले स्रोत बताउँछ । त्यस्तो अवस्थामा उनले सभामुख पुनः चलाउने लोभ देखाएका छन् । नेम्वाङले प्रधानमन्त्री बन्ने अवसर पनि पाउने छैनन् । सभामुख बन्नका लागि ओनसरी घर्तीले पनि भित्रभित्रै कुरा चलाएको स्रोतको भनाई छ । उपसभामुख भने नेपाली कांग्रेसलाई दिनुपर्ने कुरा उठेको छ । कांग्रेसले अहिलेको समीकरणका कारण धेरै विषयमा दाबी नगरे पनि उपसभामुख दाबी गर्ने देखिएको छ । एमालेका अध्यक्ष ओली पनि अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहो¥याउने योजनामा रहेका छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

 

प्रतिक्रिया

सम्बन्धित