कति हो त सरकारद्वारा घोषित लामो दुरी र छोटो दुरी ?

Bus

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० गतेदेखि लागू हुने गरि लामो दुरीका यातायातहरु बन्द गर्नका लागि अनुरोध गरेका छन् ।

आम जनमानसमा लामोदुरी र छोटा दुरी भन्नाले कति दूरी भन्ने कुरामा अन्यौलता रहेको छ । तर यातायात व्यवस्था विभागले २२५ किलोमिटरसम्म छोटो दूरी, २५० किलोमिटरसम्मको मध्यम र २५० भन्दा माथिलाई लामो दूरी गरी विभाजन गरेको छ ।

प्रधानमन्त्री ओलीद्वारा शुक्रबार साँझ देशबासीका नाममा दिएको सम्बोधनमा लामोदुरीका सवारी साधन बन्द गर्नका लागि निर्देशन दिएका हुन् ।

त्यसअघि सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । त्यस्तै चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित समेत गरेको छ ।

त्यस्तै  चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ भने सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह समेत गरेका छ ।

प्रतिक्रिया

सम्बन्धित