बाढी विस्थापितलाई जनही २५ हजार र १५ लाखसम्म ऋण दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढी विस्थापित परिवारलाई जनही २५ हजार रुपैया दिने घोषणा गरेका छन्। गृहमन्त्रीसहितको टोली लिएर सप्तरी पुगेका प्रधानमन्त्री देउवाले भेडियामा आयोजित कार्यक्रममा उक्त रकम दिने घोषणा गरेका हुन्। प्रधानमन्त्रीले घर निर्माण लागि विस्थापित परिवारलाई १५ लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउनेसमेत वाचा गरे। उनले बाढी नियन्त्रणका योजनामा अनियमितता अनुसन्धान गर्न संसदीय समिति गठन गर्ने आश्वासन पनि दिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने–‘महुली र खाँरी नदीको बाढी नियन्त्रण बजेट अनियमितता गर्नेहरुलाई कारबाही हुन्छ। त्यसका लागि संसदीय समिति गठन गरी तत्काल अनुसन्धान थाल्न निर्देशन गर्छौ ।’ कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन्। उनले खान र बस्न व्यवस्था मिलाउन पनि प्रशासनलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित