पशुपतिनाथमा विशेष पूजा स्थगित, नियमित पूजा यथावत

 colorful-temples-nearby_1

काठमाडौं । पशुपतिनाथ क्षेत्र विकास कोषले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको जनाएको छ ।

कोषले पशुपतिनाथ मन्दिरमा १ हजार १ सय रुपैयाँ देखि २५ लाख रुपैयाँसम्म लिएर गराउँदै आएको विशेष पूजा स्थागित गरेको छ । नियमित पूजा भने यथावत रहेको छ ।

तर कोरोनाका कारण नियमित पूजाका लागि जाने भक्तालुहरुको संख्या कम हुँदै गएको छ । नियमित पूजाका लागि २५ जना भन्दा बढी नपठाउने र निश्चित दूरीको फरकमा पूजामा जाने व्यवस्था पशुपतिनाथ क्षेत्र विकास कोषले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित