कोरोना भाइरसका कारण इटालीमा एकै दिन ७९३ को मृत्यु

Italy

रोम । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हालसम्म इटालीसमा सबैभन्दा धेरै जनाले ज्यान गुमाएका छन् । शनिबार एकै दिनमात्र इटालीमा ७ सय ९३ जनाले ज्यान गुमाएका छन् । र भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । त्यस्तै, मृत्यु हुनेको संसार १३ हजार ५० पुगेको छ ।

चीन, इटली र त्यसपछि स्पेनमा सर्वाधिक धेरै संक्रमित देखिएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ । इटलीमा शनिबारसम्म ५३ हजार ५ सय ७८ मा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय २ जनाले ज्यान गुमाइसकेका छन् । बेलयातमा पनि यसबाट संक्रमित हुनेको संख्या ५ हजार १८ पुगेको छ भने २ सय ३३ जनाले ज्यान गुमाइसकेका छन् ।

Capture

 

प्रतिक्रिया

सम्बन्धित