भारतमा जनता कर्फ्यु सुरु, संक्रमितको संख्या ३०० नाघ्यो

Janata-Curfew-coronavirus

नयाँदिल्ली । भारतमा आइतबार बिहान ७ बजेबाट जनता कर्फ्यु सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार एक सम्बोधन गर्दै २२ मार्च अर्थात् आजको दिनमा भारतभर १४ घन्टा 'जनता कर्फ्यु' लागू हुने घोषणा गरेका थिए ।


विश्वमा दिनप्रतिदिन बढ्दै गइरहेको भाइरसका कारण ज्यान गुमाउनेको संख्या पनि बढीरहेको छ । भारतमा हालसम्म ३०० भन्दा बढी संक्रमित भेटिएको छ भने ५ जनाले ज्यान गुमाइसकेको तथ्यांक सार्वजनिक भएको छ ।


देशभर संक्रमण रोक्न भारत सरकारले कर्फ्यु आदेश जारी गरेको हो ।

Modi_C

 

प्रतिक्रिया

सम्बन्धित