कोरोनाका कारण रियल म्याड्रिडका पूर्व अध्यक्षको मृत्यु

Real Ex President

काठमाडौं । 

कोरोना संक्रमणपछि रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको भएको छ । कोरोनाको लक्षण देखिएपछि ५ दिनअघि भर्ना भएका ७६ वर्षीय लोरेन्जको मृत्यु भएको हो।

लोरेन्जोका छोरा फर्नान्डो सान्जले शनिबार आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन् । ‘मेरो पिताको भर्खरै निधन भएको छ । उनको अन्त्य यस्तो हुन नहुुने थियो,’ उनले लेखेका छन्,‘उनी मैले देखेका अहिलेसम्मकै दयालु, बहादुर र मेहिनती व्यक्ति थिए । परिवार र रियल म्याड्रिडप्रति उनको लगाव थियो ।’
रियल म्याड्रिडले पनि यस विषयमा विज्ञप्ती निकालेको छ । ‘रियल म्याड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्जको निधनबाट दुखित छौं,’ विज्ञप्तीमा भनिएको छ । रियलले परिवार र समर्थकलाई दुःखको घडीमा धैर्यधारण गर्न आग्रह गरेका छ ।

सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । ‘आज रियल त्यस्तो अध्यक्षको शोकमा छ, जसले यसको इतिहासमा ठूला योगदान गरेका छन्,’ विज्ञप्तीमा भनिएको छ । सान्जकै कार्यकालमा रियलले आफ्नो गुमेको साख उकास्दै आफुलाई फेरि विश्वको ठूलो क्लबका रुपमा स्थापित गरेको थियो । उनकै कार्यकालमा युरोपेली कपको ३२ वर्षे खडेरी अन्त्य गर्दै रियलले १९९८ मा युभेन्टसलाई फाइनलमा हराएर च्याम्पियन्स लिग जितेको थियो । दुई वर्षपछि फेरि अर्को उपाधि आफ्नो नाममा लेखायो ।

 

प्रतिक्रिया

सम्बन्धित