दोस्रोपटक मृर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीद्वारा पहिलोपटक मन्त्रीपरिषद् बैठक आह्वान

kp-sharma-oli

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आइतबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे बस्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका हुन् ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।


आइतबार बस्ने मन्त्रिपरिषद बैठक मुख्यतः विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका विषयमा नै केन्द्रित रहने स्रोतले बताएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहनका लागि नेपाल सरकारले भोली १० गतेदेखि २१ गतेसम्म लामोदुरीका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित