मन्त्रीपरिषद् बैठकअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Oli_Bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आइतबार शितलनीवार पुगेका प्रधानमन्त्री ओलीले कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले गरिरहेको काम, पछिल्लो अवस्था लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधामन्त्री ओलीले आज साँझ ४ बजे मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् ।

मिर्गौला प्रत्यारोपणपछि निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीले अस्पतालबाट फर्किएपछि पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित