मजदुरद्वारा कोरोना संक्रमणबाट बच्नका लागि हात धुने पानी ट्यांकीको उद्घाटन

Tanky_Udghatan

भक्तपुर । विश्वलाई नै आतंकित बनाउने गरि फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिनका लागि नेपालमा पनि विभिन्न पहलहरु भइरहेका छन् । नेपाल सरकारले रोगको जोखिमबाट बच्नका लागि गरेको आंशिक ‘लकडाउन’ लाई नेपालका निजी क्षेत्रलगायत संघ संस्थाहरुले पनि साथ दिन थालेका छन् ।

यसैको फलस्वरुप भक्तपुरको कौशलटारमा नयाँ र फरक ढंगबाट सर्वसाधारणका लागि हात धुनका लागि पानीसहितको ट्यांकीको व्यवस्था गरिएको छ । नागरिक हेल्थ ट्रष्ट फण्ड गठ्ठाघर, माछापुच्छे बैंक कौशलटार शाखा र वेव ग्रुपको संयुक्त प्रयोजनमा राखिएको उक्त पानी ट्यांकीको कौशलटार चोकमै जुत्ता सिलाउने व्यवसाय गर्दै आएका सञ्जय रामले उद्घाटन गरेका थिए । सधैं अर्काको च्यातिएको जुत्तामा हात डुलाउने सञ्जयले आफूलाई यस किसिमको मौका दिएकोमा प्रायोजकहरुप्रति कृतज्ञतासमेत व्यक्त गरे ।

Tanky (1)

नेपालमा उद्घाटन भन्ने बित्तिकै नेता र जनप्रतिनिधिलाई मात्र सम्झिने परिपाटी रहेकोमा आफूहरुले नयाँ र फरक शैली अपनाएर मजदुर र निम्न वर्गका मानिसहरुलाई पनि अघि बढाउन प्रयास गरेको वेब ग्रुपका अध्यक्ष नरेश रञ्जीतले बताए । उनले भने, ‘हामीले जनप्रतिनिधि र राजनीतिक दलका मानिसलाई मात्र प्राथमिकता दिनुभन्दा गरिब र मजदुरहरुलाई प्राथमिकता दिनु उचित ठान्यौं, त्यसैले सञ्जय राम र स्थानीय ट्याक्सी चालकबाट संयुक्त रुपमा उद्घाटन गरायौं ।’

त्यसैगरी नागरिक हेल्थ ट्रस्टका गोपी न्यौपानेले आफूहरु यही समाजमा बसेर समाजका लागि आवश्यक परेको बेला सहयोग गर्नुपर्ने दायित्व सम्झेर सहयोग गरेको बताए । उनले ट्रस्टले नेपाल सरकारको जोखिम नियन्त्रण गर्ने अभियानमा सदैव साथ दिने समेत बताए ।

Tanky (2)

सो स्थानमा दैनिक पानीको ब्यबस्थापन र संरक्षणको जिम्मा वेभ ग्रुपले लिएको छ भने प्रयोग हुने साबुन माछापुच्छ्रे बैक, कौशलटारले ब्यबस्थापन माछापुच्छ्रे बैंकका कौशलटार शाखाप्रमुख प्रणय के.सी. बताए ।

Dilip dai Corona

पानी ट्यांकी राख्नेस्थल नजिकै आयोजित एक सानो कार्यक्रममा नागरिक हेल्थ ट्रष्ट फण्डका गोपी न्यौपाने र माछापुच्छ«े बैंकका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा भक्तपुर नेकपाका इन्चार्ज दिलीप प्रजापति, नेकपाका बचन देउजा, डा. मनिषा कार्की, प्राध्यापक संघका उमेश लम्साल , बेभ ग्रुपका राजु कुटु  लगायतको उपस्थिति रहेको जनाइएको छ ।

Tanky (4)

त्यस अवसरमा फुलबारी नेपालको अगुवाईमा ट्यांकी राख्ने स्थानको सरसफाई पनि गरिएको थियो । यसअघि माछापुच्छ्रे बैंकले उपत्यकाका १६ स्थानहरुमा महानगरिय प्रहरी परिसरसँगको सहकार्यमा हात धुने ट्यांकीको व्यवस्था गरेको बैंकका प्रतिनिधिले बताए ।

Tanky (5)

प्रतिक्रिया

सम्बन्धित