एक सातासम्‍म भारत र चीनतर्फको नाका बन्द गर्ने सरकारको निर्णय

Cabinet_mantriparisad-baithak_baluwatar_9_12
काठमाडौँ ।
सरकारले भारत र चीनतर्फका सबै सीमा नाका भोलि विहान १० बजेबाट एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार अबेरसम्म चलेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । त्यस्तै बैठकले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको छ। सबै मन्त्रीले आफ्नो एक-एक महिनाको तलब उक्त कोषमा राख्ने निर्णय पनि भएको छ।  मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न केही समय पछि सिंहदरबारमा पत्रकार सम्मेलन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित