अस्थायी क्वारेन्टाइनका लागि बालुवाटारको ६ तले घर दिने पाण्डेको घोषणा

Shyam Pandey_1

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने अस्थायी क्वारेन्टाइनका लागि समाजसेवी श्यामप्रसाद पाण्डेले आफ्नो घर दिने भएका छन् । विश्वमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि अपनाएका सजगता एवं सामाजिक उत्तरदायित्वमा प्रत्येक नागरिकबाट गरेको अपेक्षाअनुरुप पाण्डेले आफ्नो घर २ महिनाका लागि क्वारेन्टाइनका लागि दिने घोषणा गरेका हुन् ।

समाजसेवी पाण्डेले आफ्नो फेसबुक स्टाटसमा, राजधानीकै मुटु बालुवाटारमा रहेको आफ्नो ६ तले घर सरकारलाई आवश्यक परेको खण्डमा उपलब्ध गराउने घोषणा गरेका छन् ।

उनले फेसबुकमा अगाडि लेखेका छन्, सरकारलाई आवस्यक परे १०००० स्क्वायर फ़िट को ६ तल्ला भबन उपल्ब्ध गराउने छु।बालुटार मा रहेको भबन जनतालाई दुख परे आफु दिन तयार रहेको र सरकारलाई सम्पर्क गर्न अनुरोध।सबै ले आफ्नो नजिकमा भएका आफु भन्दा कम्जोर लाई मन ठुलो पारेर सहयोग गरौ।अर्कों जन्म मिल्ला नमिल्ला।कालोबजारी गरेर कोरना को सिकार नबनौ।जय नागराज।जय पशुपती नाथ।

देशका आम नागरिकले देशमा विषम परिस्थितिमा रहेका बेला सरकारलाई असहयोग होइन, क्षमताअनुसार सानै भए पनि सहयोग गर्न लागेको बताए । ‘यो बेला सरकारलाई असहयोग गर्ने होइन, सबैले सकेको सहयोग गर्नुपर्छ,’ माइन्यूजनेपालसँग पाण्डेले भने, ‘यो समय राजनीति गर्ने बेला होइन, विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरसविरुद्धको जोखिम र संक्रमणको समाधान हामी नेपालीले नै खोज्ने बेला हो ।’

प्रतिक्रिया

सम्बन्धित