जर्मन चान्सलर मोर्केल क्वारेन्टाइनमा, २ जनाभन्दा धेरै सार्वजनिक जमघटमा प्रतिबन्ध

German

जर्मन । जर्मन चान्सलर एङ्गेला मर्कलकोसम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि उनी पनिक्वारान्टीनमा बसिरहेको उनका प्रवक्ताले बताएका छन्।

जर्मनीलेकोरोनाभाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तर्क्रियाहरूमा थप रोकलगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ।

टेलिभिजनमा प्रसारित सम्बोधनमा चान्सलर मर्कलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताइन्।उनले घोषणा गरेका नियमहरूअनुसार केशशृङ्गार गृह एवम् ब्यूटी तथा मसाज पार्लर पनि बन्द हुनेछन्।

त्यस्तै कोरोनाभाइरस महामारी फैलिन नदिनेउद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा धेरै जम्माहुन नपाइने नियम लागु गरेको छ।अन्य अनावश्यक पसलहरू यसअघि नै बन्द गराइएका थिए।

Morkel

"नयाँ नियमहरू निकै नै कडा छन्। सार्वजनिक स्थानमा एकअर्काभन्दा डेढ मिटर, अझ दुई मिटरको दूरीमा रहनुपर्ने अनिवार्य गरिएको छ।तपाइँ कार्यालय वा चिकित्सककहाँ जान सक्नुहुन्छ र स्वच्छ हावाका लागि एक्लैबाहिर निस्किन सक्नुहुन्छ। अन्य लगभग सबै सार्वजनिक जमघट प्रतिबन्धितगरिएको छ," संवाददाता डेमियन मक्गिनेजले बताए।

एंगेला मर्कलले सम्बोधन गरेको केही समयपछि उनको कार्यालयले उनी स्वयम् क्वारन्टीनमा बस्ने बताएको छ।शुक्रवार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरानाभाइरस सङ्क्रमण पाइएपछि उनी क्वारन्टीनमा बस्नुपरेको हो।

उनको नियमित जाँच गरिने र उनले घरबाटै काम गर्ने मर्कलका प्रवक्ताले बताए। उनी ६५ वर्षकी छन्।युरोपकोसबभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणका १८,६१०घटना पाइएका छन्। उक्त भाइरसको सङ्क्रमणबाट लाग्ने रोग कोभिड-१९ ले त्यहाँ५५ जनाको ज्यान गइसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित