कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जनकपुर बजार ‘लक डाउन'

Janakpur dham
जनकपुरधाम ।

कोभिड–१९ को सङ्क्रमण एवं रोकथामका लागि जनकपुर बजार ‘लक डाउन’ हुने भएको छ । विश्‍वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि संक्रमण रोक्नको लागि अति आवश्यक सामग्री बेच्ने खाद्यान्य संस्थाहरुबाहेकका सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले जनाएका छन् ।

कोभिड १९ को नेपालमा उच्च जोखिम रहेकोले संक्रमण रोक्न तत्काल एक हप्ता व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको महासचिव महासेठले जनाएका हुन् । जनकपुरधामको बाजार मंगलवार देखि १६ गते सम्म बन्द रहने छ ।

यस बन्दको अवधिमा खाद्यान्‍न, किराना, औषधी, एल पी ग्यास, फलफुल, तरकारी, पेट्रोलपम्म बाहेकका पसलहरु बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरस ९कोभिड १९० को संक्रमण बढेपनि जनकपुरधामको बाजारमा भने मानिसको चहलपहल रहैको छ । पहिलाको तुल्नामा मानिसको संख्या कम भएपनि भिडभाड यथावतै रहेपछि जनकपुरधाम उद्योग वाणिज्य संघले अतिआवश्यक बाहेकका पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित