उपराष्ट्रपति पुनले राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम दिने

nanda-bahadur
काठमाडौं ।
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल सरकारद्वारा स्थापित राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम दिने भएका छन् ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा आग्रह गर्दै उपराष्ट्रपति पुनले एक महिनाको पारिश्रमिक दिने निर्णय लिएको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि सरकारले उक्त कोष निर्माण गरेको हो । सो कोषमा सरकारका मन्त्रीहरुले एक९एक महिनाको तलब जम्मा गरका छन् ।

प्रतिक्रिया

सम्बन्धित