चितवनको कोरोना स्पेशल हस्पिटलमा आइसोलेसनका एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

chitwan_corona_hospital_KSwa4SbtbU

चितवन । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिए ।

उच्च ज्वरो र रुघाखोकीले वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको जनाइएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पताल ल्याइएको थियो ।

उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएन भएको रिपोर्ट आउन बाँकी छ । उनको स्वाब परीक्षणका लागि मंगलबार विहान मात्र टेकु पठाइएको अस्पताल स्रोतले जनाएको छ । उनको शव अस्पतालमै राखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित