प्रतिबन्ध उल्लङ्घन गर्दै नेपाली यात्रु ल्याउने तीन अन्तर्राष्ट्रिय वायुसेवालाई स्पष्टीकरण

CIVIL

काठमाडाैं । कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमाथि यात्रुल्याउन प्रतिबन्ध लगाएकोमा त्यसको पालना नभएकोबारे अनुसन्धान अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका व्यवस्थापक देवेन्द्र केसीले नेपालको निर्णय पालना नगरी यात्रुहरू ल्याएकोमा तीनवटा वायुसेवासँग स्पष्टीकरण सोधिएको जानकारी दिए। "हामीले इन्डियन एअरलाइन्स, सिल्क एअर र इतिहाद एअरलाई स्पष्टीकरण सोधेका छौँ। हामीले आफ्नो तर्फबाट सक्दो समन्वय गरिरहेका छौँ र सरकारको निर्णय कार्यान्वयन गराउन लागिपरेका छौँ", उनले बताए ।

कतिपय वायुसेवाले सरकारले प्रतिबन्ध लगाएका गन्तव्यबाट नेपाली यात्रुहरूलाई ल्याएको र प्रतिबन्धका बावजुद उनीहरूलाई अवतरणको अनुमति दिइएको थियो।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले उक्त विषयमा छानबिन अघि बढाइएको बताए।

कोरोना भाइरसको महामारी विश्वव्यापी सङ्कट भएको भन्दै अधिकारीहरूले त्यसले उड्डयनक्षेत्रलाई अस्तव्यस्त बनाएको र अन्य देशहरूले पनि उडान प्रतिबन्धको कार्यान्वयन गर्न चुनौती खेपेको उल्लेख गरेका छन्।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भन्छन्, "हामीले त्यस्ता अन्तर्राष्ट्रिय उडानमार्फत्‌ ल्याइएका यात्रुहरूलाई क्वारन्टीनमा पठाएका छौँ र के कारणले त्यस्तो अवस्था आयो भनेर छानबिन गरिरहेका छौँ।"

मङ्गलबारबाट पूर्ण रूपमा आवतजावतमा रोक लगाउने निर्णय भएपछि सुरक्षा निकायका विमान रतोकिएका उडानबाहेक अन्य सबै आन्तरिक र व्यावसायिक उडानहरू बन्द गरिएका छन्।

यसअघि आइतवारबाट लागु हुने गरी एक सातासम्म यात्रु बोकेका कुनै पनिविमानलाई नेपालमा अवतरण गर्न नदिने र नेपालमा अवतरणको अनुमति लिएका विमानमार्फत् यात्रु भने लैजाने दिने नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेको थियो।

-बीबीसी

 

 

प्रतिक्रिया

सम्बन्धित