गौरीफन्टामा अलपत्र नेपालीलाई प्रवेश अनुमती

Gaurifanta
गौरीफन्टामा अलपत्र परेका नेपाली लाई स्वदेश प्रवेश गराउनका लागि स्थानीय प्रशासनले अनुमती पाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरे पछि सीमामा अलपत्र परेका नेपाली लाई स्वदेश प्रवेशको अनुमती प्राप्त भएको हो।

विवरण संकलन पछि स्वास्थ्य परिक्षण पछि मंगलबार साँझ सम्म उनीहरु लाई नेपाल प्रवेश गर्न दिईने भएको छ। अहिले दशगजा क्षेत्रमा पुगेका नेपालीहरुको विवरण तयार भईरहेको छ । त्यस्तै उनीहरुलाई गन्तव्य सम्म जाने व्यवस्था पनि सरकारले गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी बोहराका अनुसार प्रदेश सरकारको सहयोगमा प्रत्येक स्थानीय तहले क्वारेन्टाईनमा राख्ने  निर्णय समेत भएको छ।

प्रतिक्रिया

सम्बन्धित