एनआरएनएको भूमिका खोज्दै सरकार

NRNA
काठमाडौं ।
उच्च शिक्षा र रोजगारीका लागि विदेशमा रहेका नेपाली कतिलाई कोरोना भाइरस ९कोभिड–१९० संक्रमण भएको छ भन्ने तथ्यांक संकलनमा सरकार जुटेको छ। परराष्ट्र मन्त्रालयले यस विषयमा आफ्ना नियोगमार्फत गैरआवासीय नेपाली संघ ९एनआरएनए०, अवैतनिक दूत र त्यहाँको सरकारी ९स्थानीय० तथ्यांक उपयोग गर्न भनेको छ।

सरकारले खाडी मुलुकमा कति नेपालीलाई कोरोना संक्रमण भएको र कति जना कम्पनीको क्वारेन्टाइनमा रहेको तथ्य खुलाउन सकेको छैन। यकिन तथ्यांक पाउन दूतावासको एकल प्रयासले मात्र सम्भव देखिँदैन। त्यसका लागि नेपाली समुदायको हातेमालो आवश्यक हुने परराष्ट्रका अधिकारीको भनाइ छ। त्यसकै लागि एनआरएनएसँग पहल गर्न भनिएको हो।


एनआरएनएले कामदारबाट रकम उठाएर राजनीति गर्ने तर उनीहरू संकटमा पर्दा वास्ता नगर्ने भन्ने सन्देश जान नदिन पनि सरकारले उनीहरूलाई सचेत गराएको हो। दुई वर्षमा सम्मेलन गर्ने र सरकारी बजेटमा कार्यक्रम गरेर हल्ला गर्ने एनआरएनएलाई यसमा चासो राख्न आग्रह गर्न सरकारले दूतावासलाई निर्देशन दिएको थियो।

नेपालीहरू दिनहुँ प्रभावित भइरहेको अवस्थामा एनआरएनएले त्यहाँ रहेका नेपालीको संख्या पहिचान गरी त्यसको तथ्यांक उपलब्ध गराउन सक्ने बुझाइ सरकारको छ। एनआरएनएको १ सय ७५ भन्दा बढी मुलुकमा राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० छ। ती संयन्त्रमार्फत उनीहरूले नेपालीको वास्तविकता पत्ता लगाउन सक्छन्। त्यसमा अग्रसर हुन सरकारले उनीहरूलाई आग्रह गरेको परराष्ट्र अधिकारीले बताएका छन्।

सबैजसो राजदूतले टेलिफोन सम्पर्कमा एनआरएनए र सरकारी निकायसँग समन्वय गरी नेपालीमा संक्रमण पत्ता लगाई उनीहरूको उपचारमा पहल गरिएको बताएका छन्। अमेरिकामा चार, पोर्चुगल, बहराइनमा तीन÷तीन, यूएईमा दुई र बेलायतमा एक जनामा संक्रमण भएको भनिएको छ। संक्रमितको संख्या योभन्दा बढी हुन सक्ने सरकारी अधिकारीको आकलन छ।

अन्य मुलुकमा पनि नेपाली यसरी बिरामी परेको छ कि भन्ने विषयमा सरकारले उनीहरूको अवस्थाबारे जानकारी माग गरेको हो। अमेरिका र बेलायतमा एक÷एक गैरआवासीय नेपालीको मृत्यु कोरोनाका कारण भएको छ। बेलायतमा ७० कटिसकेका र अमेरिकामा ५० पुगेका नेपालीको मृत्यु भएको हो।

यूएईमा रहेकाको उपचार भएको र दुवै बिरामी ठीक हुने अवस्थामा पुगेको जानकारी आबुधाबीस्थित दूतावासले दिएको छ। पोर्चुगलका तीन नेपाली पनि ठीक हुने अवस्थामा रहेको पोर्चुगल हेर्ने पेरिसस्थित दूतावासले जनाएको छ। त्यहाँ क्वारेन्टाइनमा रहेका नेपालीमा संक्रमण देखिएको छैन।

दूतावासका अधिकारी इमेल र फोनमा मात्र काम गरिरहेका छन्। उनीहरू मानिसको सम्पर्कमा आएका छैनन्। सोही कारण पनि समुदायमार्फत संख्या यकिन गर्न खोजिएको हो। परराष्ट्रसचिव शंकरदास वैरागीले सबैसँगको सहकार्यमा आफ्ना नागरिकको चासो दिँदै समस्या परेको भए जसरी पनि उपचार गराउने र संकटमुक्त गराउने पहल नेपाल सरकारले गर्ने बताए।

एनआरएनए अध्यक्ष कुमार पन्तले आफ्नै संयोजकत्वमा उच्चस्तरीय ‘हेल्थ कमिटी’ बनाएको र आईसीसीमार्फत संयोजकै तोकेर अध्ययन थाल्ने भनेका थिए। त्यसमा कति काम भयो भनेर दूतावास अधिकारीले थाहा पाउन सकेका छैनन्। परराष्ट्र मन्त्रालयले यसबारे चासो राखिरहेको छ। उनीहरूले नियोग तथा दूतावासहरूसँग सहकार्य गरी समस्या समाधानमा हातेमालो गर्ने भने पनि त्यसमा उत्साहित नभएको आरोप दूतावास अधिकारीको छ।

उनीहरू निर्वाचनअघि मात्र जुर्मुराउने हुन अन्य बेला कुनै कार्यक्रम हुने भयो र मञ्चमा बस्न पाउने अवस्थामा बढी अग्रसर हुने यस्ता सामाजिक कार्यमा दैनिक कर गरिरहनुपर्ने अनुभव एक कूटनीतिज्ञले सुनाए। उनीहरूको आन्तरिक बैठकले कोर्डिनेटरमार्फत सम्बन्धित मुलुकमा उत्पन्न सामाजिक, आर्थिक तथा नेपाली समुदायको स्वास्थ्य अवस्थाको वस्तुगत मूल्यांकन गर्ने र ‘हेल्थ कमिटी’लाई जानकारी गराउने भनिए पनि प्रभावकारी देखिएको छैन। उनीहरूको चासोमा त्यहाँको अवस्था मूल्यांकनभन्दा भिसामा समन्वय गर्नेजस्ता विषय परेको छ। कोरोना भाइरसले उत्पन्न सामाजिक, आर्थिक तथा स्वास्थ्य स्थितिको असर तथा प्रभावबारे उनीहरुले पनि ध्यान दिनुपर्ने परराष्ट्र नेतृत्व तहको धारणा छ।
अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया

सम्बन्धित