देशभर लकडाउनः स्वास्थ्यकर्मी जुवातासमा

Tas
दैलेख ।
कोराना भाइरस(कोभिड–१९)को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कुनै पनि स्थानमा मानिसहरू आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरूमा उच्च सतर्कता अपनाइएको छ ।

तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा रिझेको पाइएको छ । गाउँपालिकाको सिमाना गिताचौरमा स्थापित ‘हेल्थ डेस्क’मा खटिएका स्वास्थ्य चौकी काँसिकाँधमा कार्यरत अहेव युवराज शाही स्थानीयवासी सँग तास रिझेको पाइएको हो । जुवा तासबाट एकर्कामा सरुवा रोगहरू सर्न सक्ने चिकित्सकहरूको भनाइ छ ।

गाउँपालिकाले कोभिड–१९ प्रतिकार्य योजना अन्तर्गत गाउँपालिकाका ४ वटा सिमानाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए। उनकाअनुसार हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई पाउने सेवा सुविधामध्ये थप आधा महिना बराबरको सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको जनाएको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित