सिलवालले फसाएका गुनवहादुर थापा निर्दोष साबित

काठमाडौं । रक्षक नै भक्षक भएपछि संगठनको गरिमा कहाँ पुग्छ होला ? शक्तिमा बसेको व्यक्तिले आफ्नो लेनदेन कारोबार नमिल्दा सर्वसाधरण नागरिकलाई कसरी फसाउँछन् भन्ने कुराको उदाहरण बनेको छ, गुनबहादुर थापा प्रकरण । डिआईजी नवराज सिलवाल र थापाबीचको विवाद आठ वर्ष अगाडिको हो ।

 एक करोड सावाँको मासिक नौ लाख सम्म व्याज असुलेर समेत नपुगेपछि सिलवालले थापा विरुद्ध विभिन्न षड्यन्त्र गर्न थाले । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी) मा आएपछि सिलवालले नारायणी विकास बैंकका ऋणी रहेका थापालाई बैंकिङ कसुरको झुटो मुद्दा लगाई भिमफेदी कारागार सम्म पु-याए । त्यहाँ एक वर्ष बसेपछि सफाई पाएका थापा पुनः सिलवालले खडा गरेको अर्को जालमा परे ।

   कोशी र अञ्चलमा पाइला नटेकेको बताउने थापालाई मानव ओसारपसार जस्तो गम्भिर प्रकृतिको मुद्दामा अभियुक्त बनाउन समेत भ्याए सिलवालले । पूर्वाञ्चलको डिआईजी छँदा आफ्ना अन्धभक्त डिएसपी विनोद शर्मालाई प्रयोग गरि सिलवालले इटहरी प्रहरी कार्यालयमा थापा विरुद्ध मानव ओसार पसारको मुद्दा दर्ता गर्न लगाए । इटहरी–४ कि पवित्रा लिम्बुको नामबाट दर्ता भएको उक्त मुद्दा अहिले आएर प्रहरीले नै झुटो ठह-याएको छ । किनकी क्षेत्र, अञ्चल र हेडक्वाटरले नै गरेको अनुसन्धानका क्रममा पवित्रा लिम्बु नाम गरेको युवती उक्त ठेगानमा नरहेको पुष्टि भइसकेको छ ।

 युवतीले सुनसरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको, बाबु आमा खुलाएको उजुरीमा उल्लेख गरेको भएपनि प्रहरीले २४ दिनसम्म गुनबहादुर थापालाई राखेर अनुसन्धान गर्दा पनि जिप्रका सुनसरीबाट उक्त नामको नागरिकता जारी नभएको र सो ठेगानामा ति युवती पनि नभेटिएको खुलेको छ । झुटो मुद्दामा एक वर्षसम्म भन्दा बढि जेल जीवन विताएर भिमफेदीबाट छुटेका थापालाई यसरी अनाहकमा पुनः २४ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्दा उनी निर्दोष सावित ठहरिएपछि जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उक्त मुद्दा नै फिर्ता गरेको छ । थापाले भने आफूले ढिलै भएपनि सिलवालको आठ वर्षदेखिको आर्थिकमात्र नभइ मानसिक रशारिरिक यातनाबाट न्याय पाएको प्रतिक्रिया दिएका छन् । उनले सिलवालबाट आफुले पाएको क्षतीको कुनै मुल्याङ्कन नहुने समेत उल्लेख गरे। प्रहरी स्रोतका अनुसार सिलवालको दबाबमा थापालाई झुटो मुद्दा बनाएर फसाउने डिएसपी विनोद शर्मा सहित आधा दर्जन प्रहरीमाथि हेडक्वाटरलेले कारवाहीको तयारी थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित